Home » , » Gazal Sharobar (गजल शरोबर ) 2012-05-24 - Download

Gazal Sharobar (गजल शरोबर ) 2012-05-24 - Download

Gaurab | 4:28 AM | 0 comments
RADIO LALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 2012-05-24










आज तपाईहरु सँग कालिका एफ एमबाट प्रसारण हुने गजल शरोबर लिएर आएको छु । आउनुस् हामी पनि सुनौ ।
Note :
कार्यक्रम म पनि आज पहिलो पल्ट डाउनलोड गरेर सुन्दै थिए अचानक आफ्नै गजल कसैले बाचन गर्दैथियो । पहिला त मलाई विश्वास गर्नै गाह्रो भयो । सुर्खेत बाट तिर्थ राज शाहि भन्नेले मेरो गजल आफ्नो भन्दै गजल शरोबरमा बाचन गरिरहेको थियो । यो गजल मैले २०१० जुन १३ गते नेपाली गजल डटकममा राखेको थिए जसलाई मैल १० जुनमा लेखेको थिएँ । नेपाली गजल डटकममा मेरो गजल हेर्न यहाँ जानुहोला ।
चोरीएको गजल । यसरि गजल चोरी हुन थाले पछि के गर्ने ।
Listen and Download 

Download Link : Click Here to Download-2012-05-24

यो भागमा
मेरो चोरि भएको गजल
चोर : तिर्थ राज शाहि
मेरो गजल पोष्ट गरको स्थन

http://nepaligazal.com/gazal/nepali/418132010113.html?page=1
गजल– पर्खि बस
Ram Sharan Shrestha's picture
Submitted by Ram Sharan Shrestha on Sun, 06/13/2010 - 07:44

पर्खि बस सिउँदो तिम्रै भर्छु भनेको थिएँ ।।
कसम खाई संगै जिउँछु , मर्छु भनेको थिएँ ।।

तिम्ले भन्यौ सारा जीवन, पर्खि बस्न तयार छु
त्यसैलेत मनमै डेरा, सर्छु भनेको थिएँ ।।

आफु भन्दा मलाई बिस्वास, गर्छु भन्यौ जब
त्यै बिस्वासमा तिम्रै भर, पर्छु भनेको थिएँ ।।

हजारौमा उसलाई पनि, म मात्र मनपर्ने रे
सुम्पि सबै उसलाई मायाँ, गर्छु भनेको थिएँ ।।

मन थिएन बिदेसिनु, बाध्यताले गर्दा आएँ
शंकट हरि खुसि सधैं, छर्छु भनेको थिएँ ।।

पर्खंदैछु फर्कने दिन, दिन गनि गनि
सँगै मिली दुःख सुःख, तर्छु भनेको थिएँ ।।
========================
Composed Date :- 10th June 2010
======================
 


Thank you,
Chisapani Nepal

 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Foot1 | Foot1
Copyright © 2011. nepalkomaya - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger