RADIO UJYALO 90MHZ PRESENTS
BULBUL EPISODE - 143
(23-May-2012/ 2069-02-10)
(आजको बुलबुल तपाईहरुकै पत्र र गजल विशेष रहनेछन् । )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 जेष्ठ महिनाको 10 गते बुधवार तदनुसार 23 -May-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 143 भाग तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष तथा सुमधु्र गजल हरु लिएर (BULBUL EPISODE - 143, 23rd May 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
यो श्रीङ्खलामा राम शरण श्रेष्ठको यौटा गजल "नसाले मात्र मात लाग्छ म मान्दै मान्दिँन" भन्ने गजल गत १४१ मा बुलबुलको प्राविधिक गल्तिले कृष्ण पौडेलको नाममा बाचन भएकोमा आजको श्रीङ्खला १४३ मा सच्याईएको छ ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
Download Link : Click Here to Download Episode 143
Listen All Episodes:
Thank you,
Chisapani Neal
0 comments:
Post a Comment