Gazalka Sherharu from Radio Ekata 92.4mhz
Date : 28/05/2012(15/02/2012)
आदरणिय साथीहरु,
आज मिति 2069 जेठ महिनाको 15 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता उपस्थित हुनुभएको छ ।यो Episode साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
Listen and Download Download Link : Click Here to Download - 2012-05-28
यो भागमा बाचन भएका मेरो र मेरा साथीहरुका गजलहरु
गजल
मायामा तिम्रो अत्याचार गरे, सक्छौ माफ गर है
पराई झै तिम्लाई ब्यबहार गरे, सक्छौ माफ गर है
पापको फल त अबस्य मील्ला, प्रयाश्चित गर्दैछु
जीन्दगी तिम्रो अन्धकार गरे, सक्छौ माफ गर है
मायाका कुरा... यसरि पुरा, नहुनु पर्ने थ्यो
गोरेटो तिम्रो खुकुरिधार गरे, सक्छौ माफ गर है
थिएन थाहा नीकाल्दा मुटु, आफै... नी बाँचीन्न
दुश्प्रयास त्यही साभार गरे, सक्छौ माफ गर है
अब त ढिला...... गैसक्यो बेला, हर्नेछु तारा भै
गजल यो तिमीलाई उपहार गरे, सक्छौ माफ गर है
गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
"गजल"
जीवन सुधार्न गाह्रो भयो,अति बिग्रिए पछि
कस्लाई दिनु दोष खै, मति बिग्रिए पछि
संघर्ष गर्नु जान्दा जान्दै,फेल खाएं मैले
दोसांधमा परीने रैछ, खती बिग्रिए पछि
निभ्यो मनको दियो,धिप धिप बोल्दा बोल्दै
सम्हाल्नै नसकिने भयो,उपति बिग्रिए पछि
छ्ताछुल्ल पोखियो, सबै बूंदहरु मायाका
अन्जुलिमै ठापुं कसरी,क्षति बिग्रिए पछि
जिवनमा केही गर्छु,केही बन्छु सपनै भो
आफ्नाले नचिन्दो रैछ,प्रगति बिग्रिए पछि
#Rohit Rana#
गजल
सुन्दानि मख्ख पर्छु, गजल नाउँ साथीहरु ।।
एकजुट भई उत्थानमा, सँगै जाउँ साथीहरु ।।
भावनाको हाम्रो मिलन, सदावाहार हुनुपर्छ
कसम खान्छु नछुटिने, मित लाउँ साथीहरु ।।
पोखि हिड्छु गजलबाटै, सुःख दुःख जिन्दगीको
निकोपर्नुस् गजलबाटै, मनको घाउ साथीहरु ।।
यौटा बस्ति बसाउनुछ, साहित्यको संसारमा
आउनुस् स्वागत गर्छु, मेरो गाउँ साथीहरु ।।
छुट्ने छैन टुट्ने छैन, मित्रताको नाता हाम्रो
राखेको छु मुटु भित्र, छुट्टै ठाउँ साथीहरु ।।
खोजी गर्दै आएँ हजुर, सच्चा साथीहरु भेट्न
सानो ठाउँ मागेकोछु , स्थान पाउँ साथीहरु ।।
साहित्यको छहारिमा, हातेमालो गर्दै हामी
सिर्जनाको फूलबारी, मिली साजाउँ साथीहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
0 comments:
Post a Comment