विजय मल्लको कथा "म र चिठ्ठी " - Download

Gaurab | 4:03 AM | 0 comments
LISTEN STORY OF  BIJAYA MALLA 
"MA RA CHITHHI" - PAREWA RA KAIDI
.......................................................................
नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज रेडियो बाचनमा कार्यक्रममा विजय मल्लको कथा "म र चिठ्ठी "  लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे र प्राविधिक साथी सचिन्द्र गौतम उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ कथा सुगन्धा । कथा विजय मल्लको कथा संग्रह परेवा र कैदि वाट लिईएको हो ।

कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा :
"म र चिठ्ठी "  लेखक :विजय मल्ल

Listen And Download 

Download Link : Click Here to Download 

Thank you
Chisapani Nepal

मायाँ ठकुरिका कथा "चौतारो साक्षी छ" - Download

Gaurab | 4:01 AM | 0 comments
LISTEN STORY OF  MAYA THAKURI
STORY :  CHAUTARO SAKSHI CHHA
.......................................................................
नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज को रेडियोवाचन को नयाँ अंक मा "माया ठकुरी" को कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि हाम्रा चिरपरिचित प्रस्तोता 'अच्युत घिमिरे' कथा वाचन गर्दैहुनुहन्छ भने प्रविधि मा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।
नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने,  शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भएका छन् ।  (Source : aakarpost.com )

कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा :
चौतारो साक्षी छ
लेखक :मायाँ ठकुरि
Listen And Download 
Download : Click Here to Download 

Thank you, 
Chisapani Nepal

जननेता मदन भण्डारीका बारेमा बिस्तृत जानकारी सम्बन्धि भिडिओ

Gaurab | 2:25 AM | 0 comments
जननेता मदन भण्डारीका बारेमा बिस्तृत जानकारी सम्बन्धि भिडिओ

Muktak Madhurima - (2069-03-07/2012-06-21) - Download

Gaurab | 12:37 AM | 0 comments
Muktak Madhurima Episode of 21-06-2012 (2069-03-07) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 असार 07 गते तदनुसार 2012 June 21 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download 
Listen All Episodes

आज अर्थात 2069-03-07 गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 
01-Abhagi Mukesh
हिमाल पहाड तराई समान, जोडेको सँविधान॥
छत्तिस जातले फुलेको बगैचा, गोडेको सँविधान॥
जातिय बिभेद निर्मुल गरेर, निमुखा बचाउने॥
कहिले आउँछ देशले मुहार, मोडेको सँविधान॥
"अभागी" मुकेश रेउले
बलिया 8 लम्कि कैलाली
हालः मुम्बई

02-Sunil Neupane Marling
कोपिला तोड्ने माली रहेछिन ।
पुर्ण जस्तै देख्थो खाली रहेछिन ।।
साथ दिन्छु भनी गोरेटो सम्म
बिचैमा छोड्ने जाली रहेछिन ।।।
सुनिल न्यौपाने मार्लिङ
जुनियाँ दुई गुल्मी
sunilneupane.blogspot.com
snmarling.blogspot.com

03-ßìkrâm Ãrpäñ
जता-ततै त्रासदी छ, भय महंगीले
भोको पेट गडगडायो जय महंगीले
शान्त संग जीवन कहाँ साट्न पाइन्छ?
विफल भो,स्वप्न सारा, तय महंगीले ......!!!
®बिक्रम अर्पण
प्रान्ग्बुंग , पांचथर
Now: मलेशिया

04-Nirdoshi Pokhrel
अतितलाई सम्झिदा उन्को पत्र लियकै छु।
छाडी गएनी पापिनिले उही यादमा जिएकै छु॥
मुटु मेरो तिम्रै हो भन्थ्यौ पहिले पहिले नी।
छिया छिया पारी जादाँ सियोले आज सिएकै छु॥
लोक बहादुर पोख्रेल बेनिमणिपुर सात
सर्दी नवलपरासी

05-मोहन बिहानी ***मुक्तक ***
********************************
फक्रीएछ तिम्रो बैश टप्प टिपि खाउ जस्तो,
परिपक्व भैसकिछौ माया प्रीती लाउ जस्तो।
हाँस्दा खेल्दा बात मार्दा लोकले संङ्का गर्छन ,
भगाएर छिट्टै कतै टाढा लैजाउ लैजाउ जस्तो।।
***********************************
# copyright @मोहन बिहानी
भक्तिपुर-७ सर्लाही # @ Listen and Download all episode http://mohanbihani.blogspot.com/2012/06/blog-post.html
मोहन बिहानीको ब्लग: मुक्तक मधुरिमा
mohanbihani.blogspot.com

06-ß-kash Neupane
संसार का सारा खुसि तिम्रो भाग मा परोस !
हर दुःख अनि पिडा हरु मै मा सरोस !!
फल्दै फुल्दै अघि बढ्दै जानु तिमि सधै
मेरा खुसि अनि सपना नफर्क्रदै झरोस !!
● बिकाश न्यौपाने●
बारा ,हाल uae

07-Ganesh Paudel
मन मा चोट लुकायर हास्नु कसरि
निस्ठुरीको फोटो दिलमा टास्नु कसरि
मलाई छोडी अर्कैको हात समाई गय पछी
तड्पी तड्पी एक्लो जीवन बाच्नु कसरि
ganesh paudel'SAMIP'
r.n.t.3 belsi

08-कपिल भण्डारी 'अबिरल' एक 'मुक्तक'
जानि-जानि गल्ती गर्छ किन मान्छे?
आफन्तकै खुट्टा तान्न सर्छ किन मान्छे?
आफ्नो ज्ञान इमान स्वाभिमान लाई लुकाएर,
अर्कैको लोभ लालचमा पर्छ किन मान्छे?
कपिल भण्डारी 'अबिरल'
ढकारी 6 अछाम
हाल-माहाराष्ट्र पुना

09-Ram Sharan Shrestha 
मुक्तक
कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन ।।
खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन ।।
मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो
दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन ।।
चिसापानी ६ रामेछाप
Listen and Download All Previous Episode of Muktak Madhurima from Chisapani Nepal Blog : http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima


10-Bikalpa Babu 
भेट हुँदा गल्ली चोकमा, नबोलेकै जाती हुन्छ
हजार सँग मन मुटु, नखोलेकै जाती हुन्छ
माया रुपि तिरहरु, प्रहार गर्दै थिए म
च्वास्स दिलमा बिझ्ने भए, नटोलेकै जाती हुन्छ
by bikalpa babu
gitanagar 1 chitwan

11-Aaseasaw Danai ............मुक्तक.............
***********************
आफु त खप्पर फुटेको मान्छे
दुनियाँ सबैले लुटेको मान्छे
सबै जनाले धोका दिन्छन किन
मकै भट्टा झै भुटेको मान्छे
************************
अशिष दनाई
गाउँशहर-२, दनाईगाउँ
लमजुङ
Download and Listen all Episode of Muktak Madhurima ( मुक्तक मधुरिमा ) Nepali Literature Collection | साहित्य सन्जाल | AshishDanai.com.np
www.ashishdanai.com.np

12-Saroj Dhital
सिनो सरी,तिम्रो शरिर,गल्न सक्छ नेता..
छाती माथि,मेसिनगन,चल्न सक्छ नेता..
मिचिदैछन्,सुस्था अनि,पेलिदैछन्,किल्लाहरु..
बिदेशीले,कालो मसो,दल्न सक्छ नेता..
डाँछी 3 काठमाडौँ

13-रामचन्द्र बस्याल
आज जोबन ढल्केछ रे, गर्नु गरिस अरब
पल्लाघरे सल्केछ रे!गर्नु गरिस अरब
नसक्दा त्यो थाम्न बैंस उनले,प्यासी बन्दै
यौटा झिल्के पल्केछ रे! गर्नु गरिस अरब
(परिमार्जन गरियको)
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल,संयुत्त अरब इमिरेट्स

14-Preety Sharma
सक्छौ भने जुनिभरको,नत्र क्षेणिक हासो नदेउ ..!
एउटा दिलमा बसेपछि अन्त कतै चासो नदेउ..!
फुल रोज्छ मन मुटु यो, काडा बिझे दुख्छ अति ..!
चोखो माया गर्नेलाई , आशुको नासो नदेउ ..!!
(परिमार्जन गरियको)
Sujita paudel''preety'' chainpur jyamire chtwn stdy at ssmc

15-Dasuram Paudel
मलाइ देख्दा परैबाट, डराएर गइ!
सधै हास्ने मान्छे आज, कराएर गइ!!
अर्कैसँग देखेकोथे, हीज मैले साथी!
आखीरीमा उसैलाइ मन, पराएर गइ!!
मलाइ देख्दा परैबाट, डराएर गइ!!!
डाँसुराम पौडेल,धातीबाङ अर्घाखाची
hal
chandigardh india

16-Sa-mixchya Adh
यो मुटुको थियौ धड्कन "छुटाईहाल्यौ " सानु ...!
क्यारी चल्ला ढुकढुकी यो "टुटाईहाल्यौ " सानु ...!!
गारो हुन्छ माछी बगर तडपियर बाच्न...,
ठुलो सागर पिरतीको "सुकाईहाल्यौ " सानु...!!
~ Samiksha Adhikari {Sauraha}

17-अविरल भण्डारी
धोका हुन्छ भन्ने डरले कहीं पिरती लाको छैन
जिबन बित्न लागिसक्यो अझै बिहे भाको छैन
आँखा दोषी हो कि मेरो हेर्ने नज़र फरक पर्यो
नराम्री त धेरै भेटे, सुन्दरी चाहि पाको छैन
शहीद स्मृति क्याम्पस , टांडी

18-तिलक निस्कर्ष
सपनीमा भेट हुदा , समिपैमा आऊछिन उनि
बिपनामा थाहा छैन कसलाई माया लाउछिन उनि
मन न हो सबै कुरा ,मनले साचो माया गर्यो आज
के गरु म थाहा छैन आँखा भरि छाउछिन उनि
रत्नानानगर ७

19-श्रीकान्त बराल कहेराज़
मेरो देश अन्धेरिमा कराउदै छ आज
फोहोरी राजनीतिमा हराउदै छ आज
शहीदको बलिदान माटोमा मिल्दा हेर
सारा नेपालीको मन डराउदै छ आज
कृष्णमन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
धन्यबाद

8. स्पन्दन (रेडियो कान्तिपुर) 3 Episodes - Download

Gaurab | 12:30 AM | 1comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live













Listen and Download
Date : 10th May 2011
Download : Click Here to Download 
Date : 17th May 2011
Download Link : Click Here to Download
Date : 28th Dec 2011
Download : Click Here to Download 

Thank you,
 

7. स्पन्दन (रेडियो कान्तिपुर) 3 Episodes - Download

Gaurab | 12:04 AM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live













Listen and Download
Date : 3rd May 2011
Download Link : Click Here to Download 
Date : 7th June 2011

Download Link : Click Here to Download 
Date : 10th April 2011

Download Link : Click Here to Download

Thank you,
Chisapani Nepal
 
Support : Creating Website | Foot1 | Foot1
Copyright © 2011. nepalkomaya - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger