Muktak Madhurima - (2069-04-04/2012-07-19) - Download

Gaurab | 1:32 AM | 1comments
Muktak Madhurima 
Episode of (2069-04-04/2012-07-19) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 श्रावण 04  गते तदनुसार 2012 July 19 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download :  Click Here to Download

Listen All Episodes :


आज अर्थात 2011-07-19 गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 
२०६९-०४-०४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-ß-kash Neupane
मेरो माया काडा ठान्छौ भने !
मलाई पराइ मान्छौ भने !!
के नै पो भन्न सक्छु र म,
छाडी मलाई जान्छौ भने !!
बिकाश न्यौपाने
बारा ,हाल uae
अब बाट मुक्तक माधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori

02-Kapil Lamichhane
Variyou ki khali chu ki tastai kathmandu...
Gardina ki kasila ki wastai kathmandu...
Kina time chuhaunchu bagamati ka dhara....
Sadaka jam lutpat cha ki ustai kathmandu....
Kapil lamichhane, Dang,tulsipur, hal Doha,QATAR...

03-Pawan Subedi
एउटा कुरा भन्छु तिम्ले,मान्छ्यौ र सानु?,
सँगै जिउने मर्ने कसम,खान्छ्यौ र सानु?,
मर्न तयार यदी तिम्ले,मर भन्छ्यौ भनेपनी,
त्यती रुखो बचनको तीर,हान्छ्यौ र सानु?,
-पवन सुबेदी(पृथक)
कावासोती,शिबमन्दिर-2,न.प.

04-Samikshya Ghimire
Aajavoli kina yo man run6 thaha 6ina,,,,,
Aashule nai kina gala dhun6 thaha 6ina,,,,,
Van6an sable maya mutu vitra hun6,,,,,
Tara malai mutu kahan hun6 thaha 6ina...
Samikshya Ghimire.Chainpur-7, ladari, Chitwan.


05-Ashish Danai
*********Muktak@ashish******
तिमी आफ्नै गाउँ बेच्ने सुर म छौ,
आफु जन्मिएको ठाउँ बेच्ने सुर म छौ
आखिर मर्दा लानु त छैन यो पैसा,
जसका लागी आफ्नै नाउँ बेच्ने सुर मा छौ....
************************************
आशिष दनाई
लमजुङ, दनाईगाउँ
हाल- काठमान्डौ
go to www.ashishdanai.com.np to listen all episodes of Muktak Madhurima ( मुक्तक मधुरिमा )

06-Ganesh Paudel
raksi bhanda maya ko tyo mat mitho lagyo
jhuto nai hos piratiko bat mitho lagyo
nadhatera manko kura prasta bhannu parda
sangai basi katiyako rat mitho lagyo

ganesh paudel'SAMIP'
r.n.t 3 belsi


07-lg Kanchha
रम्थे बस्थे सबैसँग एकान्तनै मित भयो ,
सु:ख थियो हिजोसम्म दु:ख पिडाकै जीत भयो,
चोखै माया असफल भयो स्वार्थी यो दुनियामा.....
मिलन ठान्थे सँसार आज बिछोडकै रित भयो.....!!
**एल.जी.कान्छा**
[पर्सा ,चितवन]


08-Krishna Paudyal
बाध्यतामा कदम चाल्नु पर्दैन।
ब्यर्थै सरिर गाल्नु पर्दैन॥
सक्छौ साथ दु:खमा देऊ।
चन्द्र सामु दियो बाल्नु पर्दैन॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी

09-Nirdoshi Pokhrel
बोलाईन मलाई भेट्न जानु छ।
मेरो उपहार उन्लाई लानु छ॥
माया गर्छु भन्छिन विस्वास लाग्दैन।
देवी देउता भाकी कसम खानु छ॥
-लोक बहादुर पोख्रेल बेनिमनिपुर सात सर्दी नवलपरासी

10-Abhagi Mukesh
देशलाई बचाउन, जागौँ हो युवा॥
आफ्नै हक अधिकार, मागौँ हो युवा॥
कति बस्नु विदेशीको, दासी बनेर॥
उठी सबै नेपालमा, लागौँ हो युवा॥
-"अभागी"मुकेश रेउले
बलिया 8 लम्कि कैलाली,हालः मुम्बई


11-Prakash Acharya Abiral मुक्तक
तीमी थीयौ र त आए नी तीम्रो गाउँमा
मुटु दीयौ र माया लाए नी तीम्रो गाउँमा
आहा त्यो रुप्, छटा अनी अधर्ले बोलायौ
र त पीरती बीसाउन पाए नी तीम्रो गाउँमा
-चैन्पुर्-२,ज्यामीरे


12-स्याङ्जाली रमेश >
मोटर बाईक चलाउने होसियार हुनुपर्छ
ट्राफिकहरु पनि यहाँ ईमान्दार हुनुपर्छ
दुर्घटना जताततै भाको देख्छु गल्लि गल्लि
बाटो गतिलो बनाउने सरकार हुनुपर्छ
स्यांङ्जाली रमेश
-मरुभूमिको छाती बाट

13-Saroj Dhital
रामु दाई र मुक्तक मधुरिमा टिमको लागि यो मुक्तक पस्किएको छु
अरु भन्दा, धेरै धेरै, मधुरीमा खास रैछ..
रामु दाईको, गला छेउमै, सरस्वतीको बास रैछ..
नयाँ आवाज, नयाँ शैली, नयाँ अरे स्रस्ठाहरु..
सदा, स्रोताहरु बिचमा, आफ्नो पनको, आभास रैछ..
-डाँछी 3 काठमाडौ

14-Sunil Neupane Marling
नाना थरी नभएका बोल्दै छौ रे गाउमा ।
गोप्य राख्ने ति कसम खोल्दै छौ रे गाउमा ।।
तिमीले नै बलजफती गर्न खोजे पछी
एक्लिएको ह्रिदयलाइ पोल्दै छौ रे गाउमा ।।।
-सुनिल न्यौपाने "मार्लिङ"
जुनियाँ दुई, गुल्मी नेपाल
snmarling.blogs pot.com

15-Artimus Siru
टुक्रियको मुटु मेरो जोडन खोज्दा दुख्छ यो छाती !
तिम्रो त्यो मन ले अरु लाई रोज्दा दुख्छ यो छाती !
छचल्कि दिन्छ यो मन भित्र तिम्रो मात्र माया,
तर तिमी ले मलाइ पराइ सोच्दा दुख्छ यो छाती !
सुमित्रा अधिकारि(धिताल)
गोर्खा


16-Bikalpa Babu ......मुक्तक....,
जसरी जुन तारा बिना रात, रहन सक्दैन
पवन एकनास यहाँ एक्लै, बहन सक्दैन
तिमी र मको सम्बन्ध प्रगाद, हुने छ हेर
छाड्यौ भने 'बिक्लप' चोट, सहन सक्दैन
-bikalpa babu
gitanagar-1,chitwan


17-Kabindra Ghimire
यहाँ म ठुलो जनमास देख्दैछु ।।
अब यि सबको उठिबास देख्दैछु ।।
म बाच्दैछु यहाँ त्राहि-त्राही ले,,,
आँखै अगाडी उसको लाश देख्दैछु ।।
-कबिन्द्र घिमिरे , ओखरपौवा 5 नुवाकोट.....

18-Rajesh Prempidit
राजेश प्रेमपिडीतको मुक्तक
"निभ्नै लागेको,दियो हो माया
टुप्पो बिहिन,सियो हो माया
न फूल्छ,नफूलाउँछ
प्रजनन बिहिन,बियो हो माया।
-सुन्दर सुदुरपश्चिम धनगढीँबाट


19-Ram Sharan Shrestha मुक्तक
छ प्रश्न केहि , उ क्तर उ दिँदैन ।।
म लड्न लाग्दा, भर उ दिँदैन ।।
म भन्छु बरु, आफ्नै हातले मार
तर प्यून खोज्छु ज हर उ दिँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, तल्लो टोल
रामेछाप ।
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com

20-Ijma Pokharel
afai jivan din6 ani afai mirtyu lin6 daiba,
ghar aaganako umanga ra khusiyali 6in6 daiba..
manvari ajhai dherai bachne aasa vayepani,
tappa tipi pariwarlai aasu matra din6 daiba...
ijma pokharel. parsa-chitwan..
गीत >दैब तेरो मायाको खेलाले आज मेरो यो गति पार्दियो
राम कृष्ण ढकालको आवाजमा ........
************************************************************
21-अविरल भण्डारी
तिम्रै यादले भौतारिदै आसु पिउदैछु म
छिया छिया पार्यौ मुटु टाल्दै सिउदैछु म
सधै मनको ढुकढुकीमा बास दिन्छु भन्थियौ
बिना घरको बटुवा भै एक्लै जिउदै छु म
शहीद स्मृति बहुमुखी क्याम्पस, टांडी

22-मोहन बिहानी **************मुक्तक *****************
आफ्नो गल्ति जति अर्को तिर सार्छौ किन ए नेता ?
सोझा साझा जनतालाई अप्ठयारामा पार्छौ किन ए नेता ?
भुस्याहा कुकुर हड्डिमा लडे जस्तै आफु आफु लडेर,
झुठो आश्वासन बाँड्दै जनतालाई भोक भोकै मार्छौ किन ए नेता ?
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

23-स्याङ्जाली रमेश मुक्तक
पक्कै उस्को भोको पेट अघाएको हुनुपर्छ
शंका लाग्छ केहि प्याक लगाएको हुनुपर्छ
खैला बैला मच्चिदै छ भट्टीतिर देखिरा'छु
भट्टीवाली कान्छी लाई सताएको हुनुपर्छ
.-स्थाई घर अर्जुन चौपारी ४
हाल मरुभूमिको छाती बाट

24-सुजल बाबु बस्नेत
खै किन किन तिम्रो मुहार हेर्न मन लाग्यो !
तिम्रै यादमा एउटा गजल केर्न मन लाग्यो !
सौन्दर्यताको अनुपम उपहार बसन्ती साँझमा;
तिमीलाई न्यानो अँगालोमा बेर्न मन लाग्यो !
-सुवास "सुजल"
सोलुखुम्बु हाल:- चारआली झापा


25-Sunita Raee
सुबास सुजलको मुक्तकको जवाफी मुक्तक:-
सिरानीको फोटो हेर्नु, मेरो मुहार हेर्न मन लाग्दा !
चाँडै भेट्ने बाचाहरू, केर्नु गजल केर्न मन लाग्दा !
बर्षौँ भयो नदेखेको, सँग सँगै मेलापात नगरेको;
आउ चाँडै मेरा प्यारा, अँगालोमा बेर्न मन लाग्दा !!
:-सुनीता राई "नानु"
मोरङ, कोशी
हाल- कञ्चनजँघा ईन्सटिच्युट अफ हेल्थ साईन्सेस बिर्तामोड, झापा

26-Manu Darlami
पाइला सार्न गाह््रो होला आफै गोरेतो खनेर आउ
आउ तिमी ह्रमास आउ हो बरु आउछु भनेरै आउ
म त बर्शा हु केवला आंसु कै समुन्द्रमा मिल्दछु
रुझाउ भिजाउ बरु अझै,अझै साउन बनेरै आउ

27-Dipak Dhamala
Aafna sabai chahana r kalpanaharu pani jhukdo rahe6 badhyatama parepa6i
sukhama ramaune man pani dukhado rahe6 aankhabat anayasai aansu jhare pa6i
eklo vayako 6u jiwanama timile malae dine maya antai sarepa6i
nasa lie jiune gareko 6u timile malae ghrina garepa6i
solukhumbu
hal: doha qatar


28-Surya Chemjong
अन्तिम सासले,खोजीरह्यो तिमीलाई
मर्ने बेला उस्ले,सोधीरह्यो तिमीलाई
बतासले फूल, झारे पनि हाँगा बाट
सुवाशले सधैँ, रोजीरह्यो तिमीलाई


29-Sandeep Ghimire
असमयको मृत्‍युसँग साक्षात्कारको रहर छ
हर्दम मृत्‍यु भोग्ने यहाँ अजिबको शहर छ
अजीबको शहरमा साक्षात्कारको रहरले
स्वर्निम मृत्‍यु सुनिस्चितको मेरो एउटा ठहर छ
Sandeep ghimire


30-Deepak Ghimire
hijo aaja timro yaadle satauna 6odeko 6,
yo pawanle timro khabar batauna 6odeko 6,
samayeko hurile haaami bichma duri lyaye pa6i ,,
yo man ma hijo timi thiyeu manle pattaunai 6odeko 6.


31-Pawan Gharti Magar Bibash मुक्तक,
पहाडको गीत गाई तराईमा नाँच्न पाऊ!
हिमालको ओत लागी जुनी भरि बाँच्न पाऊ!
देश्कै रक्षा गर्न परे लुटाएर आफ्नै खुसी,
मुटू भरि नेपालको चोखो माया साँच्न पाऊ!
पवन जी एम्
हाडहाडे गुल्मी
हालः यू ए ई


32-Rohit Kumar
कसैको आश छैन मलाई,
आफ्नै बिश्वाश छैन मलाई,
कसरी रमाँऊ तिम्रो खशिमा,
जिदँगि खास छैन मलाई,
-'अबोध'रोहित कुमार खत्री,
हस्तीचौर-३ गुल्मी,
हाल-मरभुमिको छाती


33-Pawan Subedi
जिवन हैन मृत्यु भागमा पर्यो भन्दिनु,
नफर्कने गरी बसाई सर्यो भन्दिनु,
खै त पवन कता गयो भोलि सोधिहाले भने,
उस्ले त आत्मदाह गर्यो भन्दिनु...
-पवन सुबेदी(पृथक)
शिबमन्दिर-2,कावासोती,न.प.


34-Preety Sharma
aruko lagi hoen kebal timrai lagi bacheki 6u...
6yenik nata hoen maanma chokho maya sacheki 6u...!
timi aafai bujhne garnu mero maanka har kura...
timlai khusi dilau vani pida lukai haseki 6u...!!
Sujita paudel''preety'' chainpur jyamire chitwan study at shaheed smiriti multiple campus

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/mohan0kamal
www.facebook.com/piratikodori
धन्यबाद
मुक्तक मधुरिमाको फेशबुक पेज लाइ सहयोग गर्नुहुने ß-kash Neupane र "हल्का रमाइलो" पेज लाइ लाइ धेरै धेरै धन्यबाद ........

सिर्जनाका लहरहरु :- Episode 87 -Download

Gaurab | 10:28 PM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 87
Source : http://www.sirjanakalaharharu.com



नमस्कार आज मिति  2012-07-20 शुक्रबारका दिन सिर्जनाका लहरुहरुको फेरी यौटा नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सँगै सुनौ सिर्जनाका लहरहरु ।

Listen and Download

Download : Click Here to Download

Note:
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल



म त्यो बगरमा, सुन फलाउँछु ।।
म मेरो देश अब , आफै बनाउँछु ।।

दिन्छन् निरन्तर, पुग्ने गरी मलाई
हो त्यहि धर्तिमा, हलो चलाउँछु ।।

हेर्नुस् त ती जाँगरिला, कमिलाहरुलाई
म पनि त्यस्तै..., पसिना बगाउँछु  ।।

मलाई चाहिएन, सुनका महलहरु
म बरु सानै..., झुपडिमा रमाउँछु ।।

स्वाभिमान सगरमाथाझैं अटल भएको
यहाँ म हर ढुकढुकिमा.., बुद्ध पाउँछु ।।

हिमाल पहाड तराई  दुख्दा म दुख्छु
सबै नेपाली रमाउँदा म मुस्काउँछु ।।

राम शरण श्रेष्ठ
चिसापानी-6 रामेछाप ।
http://chisapaninepal.blogspot.com/
Thank you,

गजल शरोबर-Gazal Sarobar -18-07-2012 - Download

Gaurab | 11:55 PM | 0 comments
RADIO LALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 2012-07-18 / 2069-04-03
FM : Kalika FM 
Host : 














आज 2012-07-18, तपाईहरु सँग कालिका एफ एमबाट प्रसारण हुने गजल शरोबर लिएर आएको छु । आउनुस् हामी पनि सुनौ ।

Listen and Download 

Download : Click Here to Download

Thank you,

लेखिन बाँकि अक्षरहरुबाट ३ कथाहरु (17-07-2012) -Download

Gaurab | 9:55 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति :
लेखिन बाँकि अक्षरहरु
लेखिका : लक्ष्मण राजबंशीको
विधा :  (कथा संग्रह)
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
Date : 17-07-2012/02-04-2012
==========================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज श्रुति शंबेगको मंगलबारको श्रीङ्खलामा हामी लक्ष्मण राजबंशीको  लेखिन बाँकि अक्षरहरु कथा संग्रहबाट ३ कथाहरु मैले  छक्याएँ , एउटी कैदी कथाहरु नेपालकी छोरी लिएर कथा लेखिन बाँकि अक्षरहरु लिएर आएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download 
2 Stories from Lekhina Baki Akshyarharu written 
By Laxman Rabansi in Shrutisambeg

Download : Click Here to Download

Thank you,

BULBUL : EPISODE 151 -(2012-07-18) Download

Gaurab | 9:22 PM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(LATE MEHADI HASAN SPECIAL )

BULBUL EPISODE - 151

(18-July-2012/ 2069-04-03)

Listen And  Download 

Download : Click Here to Download Episode 151
आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस्


(आजको बुलबुल तपाईहरुकै गजल र सुमधुर नेपाली गजल विशेष प्रस्तुति  रहनेछ ।)

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 श्रावण महिनाको 04 गते बुधवार तदनुसार 18-July-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको Repeated Episode150 भाग  लिएर (BULBUL EPISODE - 151, 18-July- 2012)  उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ            अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Thank you,

Ram Sharan Shrestha
Chisapani 6, Ramechhap

झमक घिमिरेको प्रसिद्ध कृति जीवन काँडाकि फूल (SHRUTISAMBEG)

Gaurab | 3:42 AM | 3comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति : जीवन काँडा कि फूल (Jiwan Kadaki Phool)
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
==========================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।

२०३७ साल असार २१ गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका ९ वोटा पुस्तकहरु प्रकाशन भै सकेका छन् । विभिन्न पुरष्कार बाट झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलममार्फट अभिब्यक्त गर्नुहुन्छ । प्रति मस्तिष्किय पक्षघातबाटर रोगबाट साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमबाट लेखेर साहित्यिक प्रसिद्ध हुनुले समालोचकहरु विश्व प्रसिद्ध ११ जना श्रृष्टाहरुसाँग तुलना गरेको छन् ।

असामान्य शारिरिक अवस्थाका बाबजुद यति सक्रिय रुपमा उहाँले लेख्नुभएका कृतिहरुबाट धेरै सबलाङ्गहरुले पाठ किन्न सक्छन् । झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूल अब सूनौ अच्युत घिमिरेको आवाजमा ।

“जीवन श्रृष्टीकै शुन्दर फूल भनेर अर्थ्याइदिये मैले, खै  मेलैअर्थ्याएको जीवन भित्र आफ्नो जीवन पर्छ कि पर्दैन थाहा छैन ....................”

LISTEN 
JIWAN KADA KI PHOOL BY JHAMAK GHIMIRE
 Episode 1 (15th April 2011)

Episode 2 (22th April 2011)

Episode 3 (29th April 2011)

Episode 4 (6th May 2011)

Episode 5 (20th May 2011)

Episode 6 (27th May 2012 )

Episode 7 - is Missing

Thank you,
Chisapani Nepal

Note:
डाउनलोड गरेर अनाधिकृत प्रयोग गर्नु गैरकानुनि मानिनेछ ।

छेस्काहरु

Gaurab | 6:32 AM | 0 comments
1. छेस्का
नप्यूनु साथी सराब कहिल्यै ।।
हुन्छ यो अति खराब जहिल्यै ।।

सखाप पार्ला अनेक रोगले
आउला लिन यमराज पहिल्यै।।
......................................
2.  छेस्का
प्रेमको पनि सिमा हुन्छ र ।।
उपचार औषधिमा हुन्छ र ।।

यो त आफै हुन्छ नचाहेरपनि
झुकाउने कुनै शक्तिमा हुन्छर ।।
.........................................
3.छेस्का
पत्थर भएपछि बगर भै हाल्छ ।।
मान्छे भएपछि रहर भै हाल्छ ।।

अनौठो त्यस्तो के भो र फेरी
अमृत भएपछि जहर भै हाल्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

गजलका शेरहरु -(2069-04-01/16-07-2012) - Download

Gaurab | 6:05 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : (2069-04-25/16-07-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : http://www.radioekata.com.np
फेसबुक पेज  : गजलका शेरहरु फेसबुक
 




आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 01 तदनुसार मिति 2012-July-19  गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ ।  आजको श्रीङ्खलामा गजलकार अतिथि निर्मल पौडेलसँगको अन्तर्वाता विशेष रहनेछ ।  कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेशिनै धेरै धेरै धन्यवाद । ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।

Listen and Download 

Download : Click Here to Download -2012-07-16
पुराना श्रीङ्खलाहरु सुन्नको लागि  ।


Thank you,

Episode - 35 ( यो साँझ यो सुबाश-2012-07-17) - Download

Gaurab | 1:55 AM | 0 comments
EPISODE 33 - YO SANJH YO SUBASH
(17-07-2012 / 02-04-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न 23  एफ.एमहरु बाट प्रसारण हुनेछ 


=============================================


उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश



आज मिति 2069 साल श्रावण महिनाको 02 गते तदनुसार 2012-July-17  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 35 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 

१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट 

१५.यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
आदि आदि ....
बजे प्रसारण हुन्छन् ।


आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । 
Note:
कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ. हरेक दिन २२००० बढी ले प्रयोग गर्ने I-phone Application- 'NEPALI FM' मा हाम्रा सम्पूर्ण शृंखलाहरु सुन्न सक्नु हुनेछ। 

यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु । 

LISTEN AND DOWNLOAD   
YO SANJH YO SUBASH  EPISODE 35

Download : Click Here to Download Episode 35

अगाडीका सम्पूर्ण श्रीङ्खला सुन्नको लागि ।


Thank you
Ram Sharan Shrestha
Chisapani Nepal

बहकिने मन (2069-04-01) - Download

Gaurab | 1:38 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
NEPALI MUKTAK SPECIAL PROGRAM
DATE : (2069-04-01/ 16-07-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
==============================
आज मिति २०६९ श्रावण ०१ तदनुसार २०१२ जुलाई १६ गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।

Listen and Download

Download : Click Here to Download
सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशका ३१ विभिन्न एफ एम स्टेशनहरुहरु बाट  रेडियोमा एकैसाथ

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही

Thank you,

 
Support : Creating Website | Foot1 | Foot1
Copyright © 2011. nepalkomaya - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger